सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सिंगापुर रेडक्रसको स्वयंसेवक काभ्रेको खोपासी र तेमालमा

सिंगापुर रेडक्रसको स्वयंसेवक काभ्रेको खोपासी र तेमालमा

805
Shares
सिंगापुर रेडक्रसको स्वयंसेवक काभ्रेको खोपासी र तेमालमा

काभ्रे :- स्वंयमसेवा गर्न सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वंयमसेवकले पनौती १० खोपासीमा रहेको श्रीराम माध्यमिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र खोपासीमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका छन् ।

सोमबार तेमालको राधाकृष्ण माबी, वडा कार्यालय ७ र स्थानीय स्वास्थ्य केन्द्रमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका थिए । प्रारम्भ नामक सामाजिक संस्थामार्फत नेपाल आएका उनीहरुले श्रीराम माबीमा सम्पूर्ण विद्यार्थीलाई हात धुने तरिका, व्यक्तिगत सरसफाई र स्वास्थ्यको ख्याल कसरी गर्ने सिकाएका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्र खोपासीमा ७१ जना वृद्धवृद्धालाई उच्चरक्तचाप, मधुमेह, बाथरोग रेबीज रोगबारे सचेतना कार्यक्रम एवं स्वास्थ्य परीक्षण गरिएको थियो ।पनौती १० को वडा कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र खोपासीलाई ४ लाख बराबरको २ वटा फिल्टर सहयोग गरेको छ ।

टोली प्रमुख मुक्सिन विन दहलान, चेन केजिन, गेराडिन एगारो, सेवास्टिन अनिता रोज, अनिशा विन्ते, टान केन्नाथ, प्रिवेन सुरज सन्त कुमारसहित स्वंयमसेवकको टोलीले अभिभावक र शिक्षक, कर्मचारी, ज्येष्ठ नागरिकलाई पोषण, उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घरोग र यसका जोखिमबारे अभिमुखिकरण गराएको सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि एवं प्रारम्भका अध्यक्ष कल्पना क्षेत्रीले जानकारी दिइन् ।

मनोरोग विशेषज्ञ डा. प्रतिभा श्रेष्ठ, नर्स मनिषा श्रेष्ठ लगायतले स्वास्थ्य परिक्षण गरेका थिए । संस्थाले सोमबार तेमाल गाउँपालिका वडा नं ७ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका थिए भने तेमाल ७ को वडा कार्यालय र स्थानीय स्वास्थ्य सस्था र राधाकृष्ण माबीलाई ६ लाख बराबरको १-१ वटा फिल्टर सहयोग गरिएको थियो ।

805
Shares

ट्रेन्डिङ