सर्लाही । सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ ।
बरहथवा नगरपालिका–१२, लौकाठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो ।
प्रहरीले घटना लगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शङ्कर महतो र सौता २१ वर्षीया सजन देवी महतोलाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान घरदेखि करिब डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको थियो । मृतक महिलाको अनुहार र घाँटीमा चोट देखिएको छ ।
उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।