सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • हिमालय क्षेत्रमा जल संकटको चेतावनी

हिमालय क्षेत्रमा जल संकटको चेतावनी

680
Shares
हिमालय क्षेत्रमा जल संकटको चेतावनी

काठमाडौं । वैज्ञानिकहरुले हिमालय क्षेत्रमा करोडौं जनसंख्या पानीको संकटमा पर्नसक्ने  बताएका छन् ।

हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा घट्दै गएकाले करोडौं जनसंख्या पानीको संकटमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ परेको र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घटेको छ । यसबाट हिउँमा निर्भर र हिमालय क्षेत्रबाट निस्कने नदीहरुको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई संकटमा पार्न सक्ने चेतावनी दिइएको छ ।

२०१८ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा १९ प्रतिशत कम थियो । सन् २०१९ र २०२० का वर्षहरुमा हिउँको मात्रा सरदरभन्दा क्रमश: २८ र ३२ प्रतिशत बढी देखिएको थियो । सन् २०२२ मा १२.५ र सन् २०२३ मा ७.५ प्रतिशतले कम थियो ।

680
Shares

ट्रेन्डिङ