सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद

सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद

1215
Shares
सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद

रौतहट :- सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाईनिज लाइटर बरामद गरेको छ।

सर्लाही प्रहरीले बिशेष सूचनाको आधारमा वागमती नगरपालिका १२ स्थित पुर्व पश्चिम राजमार्गमा वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा गएराती चेकजाँच गर्दा मेड इन चाईना लेखिएको ६५० कार्टुन ग्याँस लाइटर बरामद गरेको हो।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार बरामद गरिएको उक्त लाइटरको बजार मूल्य ७४ लाख २४ १०० रुपैया रहेको छ। लाईटरको प्रज्ञापन पत्र नभएको र सक्कल विलभर्पाई समेत नरहेकाले शंकास्पद देखिँदा लाईटर सहित ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।

1215
Shares

ट्रेन्डिङ