सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • हत्या गरी मकैबारीमा फालिएको महिलाको शव फेला

हत्या गरी मकैबारीमा फालिएको महिलाको शव फेला

1010
Shares
हत्या गरी मकैबारीमा फालिएको महिलाको शव फेला

सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ । 

स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकैबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उहाँको शव फेला परेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । 

1010
Shares

ट्रेन्डिङ