काभ्रे । काभ्रे स्थित भुम्लु ६ कोलाँतीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएकोे छ ।
मृत्यु हुनेमा सोहि स्थानकी सरिता पहरी रहेको प्रहरीले जनाएको छ । पहरी मध्यपहाडी लोकमार्ग फलाटे जोरशाल भिरमा बिहान ७ बजे घाँस काटने क्रममा भिरबाट लडेर सक्त घाइते भएकी थिइन् ।
उनको उद्धार गरी उपचारको लागि काठमाडौं वीर अस्पताल लगिएको थियोे । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको हो ।