काभ्रे :- एस ई ई परिक्षाको नतिजा सर्वाजनिक भएसंगै यतिबेला बिद्यार्थीहरु कुन बिषय पढ्ने,कुन क्याम्पस पढ्ने भन्ने दोधारमा छन्।
विभिन्न क्याम्पसहरुले सार्वजनिक गरेका विभिन्न आकर्षित कार्यक्रमहरुका कारण पनि बिद्यार्थीहरु त्यस क्याम्पस प्रति आकर्षित भईरहेका छन् ।
यसै विच काभ्रे जिल्लामै पहिलोपटक भनेर ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एस ई ई पास भई छात्रवृत्ति परिक्षामा उत्तीर्ण हुने उत्कृष्ट ५ जना बिद्यार्थीलाई कक्षा-११ को शुल्कमा १००% छुट सहित पढाउने भएको छ।ज्ञानकुञ्जले छात्रवृत्ति परिक्षा यही असार २६ गते बुधबार लिने भएको छ ।
प्ले ग्रुप देखि मास्टर डिग्री सम्मको पढाइ हुने ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान काभ्रे जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थानका रुपमा परिचित छ। ज्ञानकुञ्जले पाठ्यक्रम पढाई संगसंगै अतिरिक्तक्रियाकलाप र व्यवहारिक शिक्षालाई समेत बढी जोड दिदै आइरहेको छ।