सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेमा बाढी र पहिरोमा मृत्यु हुने ७८ जना , अझै ६ जना वेपता

काभ्रेमा बाढी र पहिरोमा मृत्यु हुने ७८ जना , अझै ६ जना वेपता

505
Shares
काभ्रेमा बाढी र पहिरोमा मृत्यु हुने ७८ जना , अझै ६ जना वेपता

काभ्रे :- जिल्लामा मृत्यु हुनेको संङ्गख्या ७८ जना छ भने अझै ६ जना वेपता छन्। अविरल बर्षाका कारण आएको बाढी र पहिरोले जिल्लाकै सबै स्थानीय तहमा जन धनको क्षेति भएको छ। सबैजसो स्थानियतह प्रवाभित भएता पनि रोशी गाउँपालिका , पनौती नगरपालिका,बेथानचोक र तेमाल गाउँपालिकामा धेरै जन संगै धनको क्षेति भएको छ।

मृतक ७८ जनामा सबै भन्दा धेरै पनौती नगरपालिकामा १ जना विदेशी नागरिक सहित १८ जना ,रोशी गाउँपालिकामा १३ जना , बेथानचोक र तेमाल गाउँपालिकामा १२ / १२ जना ,मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा ७/७ जना , धुलिखेलमा २ जना , बनेपा ३ जना , भुम्लुमा ३ जना र चौरीदेउराली गाउँपालिकामा १ जना गरी ७८ जनाको मृत्यु भैसकेको छ।

भने वेपतामा अझै ६ जना रहेका छन्। बेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका वडा नम्वर २ का ३ बर्षिया बालिका पृया तामाङ र ६ बर्षिया बालिका अपृया तामाङ छन् । उनिहरु दुबैलाई पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ की ४० बर्षिया शान्ता रिमाल अझै वेपत्ता छिन् । उनको खोजी कार्यका लागि असोज १६ गतेसम्म जेसिवीको सहायताले खोजतलास गरिएको थियो । सोहि अवस्थामा पनि फेला नपरे पछि श्रीमानले मृत्यु भए सरहको कानूनी ब्यवस्थाका लागि अनुरोध गरेका छन् ।

धुलिखेल नगरपालिका वडा नम्बर ८ घर भएकी ४२ बर्षिया गिता श्रेष्ठ पनि अझै वेपत्ता छिन् । उनको पनि निरन्तर खोजतलास जारी भए पनि फेला पर्न सकेकी छैनन । बेथानचोक गाउँपालिका वडा नम्वर ४ घर भएकी ३८ बर्षिया ज्ञानु परियार पनि वेपत्ता छिन् । खानीखोला गाउँपालिका ६ घर भएकी ३७ बर्षिया देविमाया सिंतान पनि अझै बेपत्ता नै छिन । अहिले खोजतलास कार्य समेत स्थगित रहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक प्रजिअ उमेश कु ढकालले जानकारी दिनु भयो।

505
Shares

ट्रेन्डिङ