सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ

फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ

11635
Shares
फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ

काठमाडौँ, २० असार : नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।

हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।

11635
Shares

ट्रेन्डिङ