सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ड्रेस नलगाएको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपिट

ड्रेस नलगाएको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपिट

710
Shares
ड्रेस नलगाएको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपिट

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत विद्यार्थीमाथि निलडाम हुने गरी कुटपिट भएको छ ।

नगरपालिकाबाट करारमा नियुक्त विद्यालय नर्स शर्मिला खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । विद्यार्थीलाई चउरमा लाइन लगाएर खड्काले लठ्ठीले कुटेकी विद्यार्थीका अभिभावले बताएका छन् ।

पोशाक नलगाएको भन्दै खड्काले  पिडौलामा निलडाम हुने गरी पिटेको अभिभावकले बताएका छन् । केही दिनपछि अभिभावले छोराछोरीको शरीरमा घाउ, चोट देखेपछि सोधपुछ गर्नेक्रममा उक्त घटना बाहिर आएको हो ।

प्रधानाध्यापक शंकर रावलले विद्यार्थीमाथि कुटपिट भएको घटना स्वीकार्दै विद्यार्थी र अभिभावसँग समेत माफी मागेको बताए । 

710
Shares

ट्रेन्डिङ