काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ५ सय तोकेको छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला १९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १९ सय ८० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।