सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भलिबल र बास्केटबल मैदान निर्माण

भलिबल र बास्केटबल मैदान निर्माण

5010
Shares
भलिबल र बास्केटबल मैदान निर्माण

कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ । प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र स्थानीयवासीबाट रु २१ लाख ५० हजार प्राप्त भएको थियो ।
खेल मैदानसहित आवश्यक भौतिक संरचना निर्माणका लागि मौजामा जन्म भई हाल रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहनुभएका व्यक्ति एवम् पोखरा र काठमाडौँका बासिन्दाबाट आर्थिक सहयोग जुटाइएको निर्माण समितिका सदस्य सीम गुरुङले जानकारी दिनुभयो ।
क्लबको आयोजनामा वसन्त पञ्चमी मेलाका अवसरमा आयोजित अन्तरक्लब भलिबल तथा छेलो प्रतियोगिता पहिलो पटक आफ्नै सुविधासम्पन्न खेलमैदानमा सम्पन्न गर्न पाएकामा हर्षित हुँदै उहाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गाउँ मौजामा कृषि र पर्यटन प्रवद्र्धनमा पनि हामी जोड दिन्छौँ ।”
समुद्री सतहबाट करिब एक हजार ४०० मिको उचाइमा अवस्थित तथा पोखराबाट लगभग १५ किमीको दूरीमा रहेको सो गाउँ प्रचुर पर्यटकीय सम्भावना भएर पनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । रासस

5010
Shares

ट्रेन्डिङ