धुलिखेल : धुलिखेल नगरपालिकले नगरका जेष्ठ नागरिकहरुलाई दोसल्ला सहित घरघरमै पुगेर सम्मान गरेको छ ।
नगरका ९० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई घरघरमै पुगेर दोसल्ला सहित हर्लीक्स, बिस्कुट र जुस प्रदान गरिएको नगरपालिकाकोमहिला तथा बालबालिका शाखाका प्रमुख बन्दना श्रेष्ठले जानकारी दिनुभयो ।
१२ ओटै वडाका उनान्साठी जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।