सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेमा ब्राउनसुगर बोकेको स्कारपिओ गाडीसहित ३ जना पक्राउ

काभ्रेमा ब्राउनसुगर बोकेको स्कारपिओ गाडीसहित ३ जना पक्राउ

515
Shares
काभ्रेमा ब्राउनसुगर बोकेको स्कारपिओ गाडीसहित ३ जना पक्राउ

काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ९ मा रहेको अस्थाई प्रहरी पोस्ट काभ्रेभन्ज्यांङ्गमा खटिएको लागुऔषध ब्युरो कोटेश्वर समेतको संयुत टोलिले चेक जाच गर्दा विपी राजमार्ग हुदैँ भकुन्डे बाट धुलिखेल तर्फ आउदै गरेको स्कारपिओ गाड़ीमा ब्राउन सुगर जस्तै देखिने पदार्थ भेटिएपछी गाडीसहित ३ जनालाई पक्राउ गरेको छ।

भकुन्डेबाट धुलिखेल तर्फ आउदै गरेको बा १५ च २३५६ नम्बरको स्कारपिओ गाडीलाई चेकजाच गर्ने क्रममा थप चेकजाच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ भेटिए पछी गाडी सहित ३ जनालाई नै खानतलासी गरी ३ थान मोबाईल पनिप्रहरीले नियन्त्रणमा लिएको हो।

स्कारपिओ गाडी सहित पक्राउ पर्नेमा स्कारपिओ चालक काठमाण्डू जिल्ला शंङ्गखरापुर् नगरपालिका वडा न ९ बस्ने वर्ष २५ को अभिषेक राजबहाक र सोहि स्थान बस्ने वर्ष ३२ को किशोर थापा र वर्ष ३१ का बिराट थापालाई पक्राउ गरेको काभ्रे प्रहरीका सुचना अधिकारी मिन ब घलेले जानकारी दिनु भयो।

घलेका अनुसार समानित जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ। भने स्कारपिओ गाडी पनि प्रहरीको नियन्त्रणमा नै रहेको प्रहरीले जनाएको छ। भने प्रहरीले ब्राउन सुगर जस्तो देखिने पदार्थ भने ४७ ग्राम पक्राउ गरिएको जनाएको छ।

515
Shares

ट्रेन्डिङ