काभ्रेपलाञ्चोक । असोज दोस्रो साताआएको बाढी पहिरोका कारण काभ्रे जिल्लाका १३ स्थानियतहका सामुदायिक २३२ विद्यालयको भैतिक संरचनामै क्षेतिपुगेको छ। भने केहि विद्यालयमा अस्थाई आवास नबन्दा समेत् नागरिकहरु जीवन बचाउनका लागी विद्यालयमै बस्न बाध्यछन्।
धुलिखेल नगरपालिका वडा न. १२ पिप्लेको शंङ्गखेस्वरी प्राथमिक विद्यालयमा नजिकै घर भएका ५४ वर्षीय टिकाराम तामाङ्ग र उनका भाई टुल्के तामाङ्ग पहिरोले घर पुरीए पछि विद्यालयमा ३ परिवार प्राथमिक विद्यालयमै बस्न बाध्यछन्। विद्यालयमै ३ परिवार बसिरहेको भएता पनि नेपाल सरकारले नै धुलिखेल नगरपालिकालाई विपदको सुचीमा पनि नराखेकाले सामान्य राहत बाहेक अन्य केहि पाउन सकेका छैन्नन ।
धुलिखेल १२ मा मात्र २ विद्यालयमा पहिरो प्रभावित नागरिक बस्दै आएको धुलिखेल वडा न. १२ का वडाअधक्क्ष मोहन लामिछाने बताउनु हुन्छ। लामिछानेका अनुसार वडा भर १२ वटा घर पुर्व क्षेतिभएको बताउदै ६ वटा घरधुरीले सोहि स्थान या अन्यन्त्र बसोबास गर्ने ठाउँ समेत नभएको बताउनु भयो । सिंगो नगरनै विपदमा नपरेकाले अहिले नै कहिउगर्न नसके पनि नगरले स्पस्ट नीति पछि प्रदान गर्न खेति र अन्य क्षेतिलाई समेत क्षेतिपूर्ति आफुले पहलगर्ने लामिछानेको बाचा छ।
जिल्ला शिक्षा समन्वय ईकाई काभ्रेको रेकड आनुसार जिल्लाका १३ स्थानिय तहमा २२३ विद्यालयमा क्षेतिपुगेको छ। भने कुनै विद्यालयलाई पुनःनिर्माण नै गर्नु पर्ने प्राविधिक मुल्याङ्गकनले गरेको पनौती १२ मा रहेको ईन्द्रादेवी आधारभुत विद्यालयका प्रधानध्यापक कृष्ण प्र हुमागाईले बताउनु भयो। हुमागाईका अनुसार विद्यालयमा अध्यनरत विद्यार्थी मध्येकै ६ जनाको पाठ्यपुस्तक र अन्य सामाग्री पनि सोहिबेला हराएकालाई पुनःप्रदान गरिएको र केहि साता खुल्लाचौर बाट नै पठनपाठन चलाएको बताउछन।
शिक्षा समन्वय ईकाई काभ्रेका अनुसार खानिखोला गाउँपालिकामा – ८ वटा , पनौती नगरपालिकामा – १९ वटा , पाँचखाल नगरपालिकामा – १३ वटा , रोशी गाउँपालिकामा सबैभन्दा धेरै – ४८ वटा , बेथानचोक गाउँपालिकामा – २६ वटा , भुम्लु गाउँपालिकामा – १८ वटा , तेमाल गाउँपालिकामा – ७वटा , धुलिखेल नगरपालिकामा – २९ वटा , चौरीदेउराली गाउँपालिकामा – २९ वटा , बनेपा नगरपालिकामा –४ वटा , मण्डनदेउपुर नगरपालिकामा –११ वटा ,नमोबुद्ध नगरपालिकामा –१४ वटा , महाभारत गाउँपालिकामा –७वटा का संरचनामै क्षेतिपुगेको छ।
शिक्षा समन्वय ईकाई काभ्रेका फोकल पर्शन शाखाअधिकृत पासाङ्ग लामा बलका अनुसार जिल्लाका १८ वटा विद्यालयले अस्थाई बालशिक्षण सिकाई केन्द्र ( टीएल सी ) को आवस्यता रहेको भनि पत्राचार भएकोमा अहिले १३ वटा विद्यालयमा गत २०८१ /०८ /०७ गते प्रदेश सरकार संग सम्झौता भै कार्यन्वयनको चरणमा प्रहेको बताउनु भयो।