सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लोट्री परेको भन्दै करोडौँ ठगी, काभ्रेका भण्डारीसहित सात जना पक्राउ

लोट्री परेको भन्दै करोडौँ ठगी, काभ्रेका भण्डारीसहित सात जना पक्राउ

10860
Shares
लोट्री परेको भन्दै करोडौँ ठगी, काभ्रेका भण्डारीसहित सात जना पक्राउ

काठमाडौँ, १० असार: सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठ’गी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई प’क्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ । सो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानबाट प’क्राउ गरेको हो ।

प’क्राउपर्नेमा झापा, भद्रपुर नगरपालिका घर भई काठमाडौँ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडाँै पठाइएको महाशाखाले जनाएको छ ।

यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी गरेका थिए ।

अहिलेसम्म उनीहरुबाट एक करोडौँभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिनुभयो । उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत फेला परेको छ । कतिपय पीडितले पैसा पाउने आशमा आफ्नो घर जग्गासमेत धितो राखी घरबारविहीन भएको पाइएको छ ।

10860
Shares

ट्रेन्डिङ