सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • युथ फेस्टिभल अन्योलमा, प्रमुख आयोजक प्रहरी नियन्त्रणमा

युथ फेस्टिभल अन्योलमा, प्रमुख आयोजक प्रहरी नियन्त्रणमा

900
Shares
युथ फेस्टिभल अन्योलमा, प्रमुख आयोजक प्रहरी नियन्त्रणमा

काभ्रे । काभ्रेको धुलिखेलमा भोलि (चैत १४) उद्घाटन हुने भनिएको युथ फेस्टिभल अन्योलमा परेको छ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम बैंकिङ कसुर मुद्दामा काठमाडौं प्रहरी नियन्त्रणमा रहेकाले कार्यक्रम अनिश्चित बनेको हो।

गौतमले गत वर्ष बनेपामा आयोजित बृहत् कृषि महोत्सवको खर्च व्यवस्थापन गर्न नसक्दा ७ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध कानूनी प्रक्रिया अघि बढेको हो।

मुख्य आयोजक विवादमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्घाटन कार्यक्रम रद्द गरेका छन्।

फेस्टिभलमा ७५ देशका १ हजार विदेशीसहित १० हजारभन्दा बढी स्वदेशी युवा सहभागिता जनाउने तयारी थियो। मिस ग्लोब २०२४ डायना मोरेनो विशेष आकर्षणको रुपमा उपस्थित हुने कार्यक्रम रहेको थियो।

अहिले गौतमको रिहाइका लागि शुभेच्छुकहरु प्रयासरत छन्।

900
Shares

ट्रेन्डिङ