सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • दुई स्कुटर ठोक्किँदा पूर्व मेयरसहित तीन घाइते

दुई स्कुटर ठोक्किँदा पूर्व मेयरसहित तीन घाइते

635
Shares
दुई स्कुटर ठोक्किँदा पूर्व मेयरसहित तीन घाइते

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–२ बिस किलोस्थित बीपी राजमार्गमा शनिवार बिहान भएको दुई स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टंकप्रसाद तिमल्सिना रहेका छन्।

दुर्घटना २०८२ साउन १० गते बिहान करिब ७:४४ बजे भएको हो। नार्केबाट काठमाडौंतर्फ गइरहेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले बिपरीत दिशाबाट आइरहेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

बा.प्र. ८८०० नम्बरको स्कुटर चालक ४६ वर्षीय किशोर तिमल्सिना सामान्य घाइते भएका छन् भने पछाडि सवार उनका ७२ वर्षीय पिता टंक प्रसाद तिमल्सिना( टिपि शर्मा )गम्भीर घाइते भएका छन्। गम्भीर घाइते तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

यता, ठक्कर दिने स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काभ्रे रोशी गाउँपालिका–८ वस्ने २६ वर्षीय निमा तेम्वा थोकर पनि सामान्य घाइते भएका छन्। उनको मेथिनकोट अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने चालक र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।

635
Shares

ट्रेन्डिङ