सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • देशभर मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

585
Shares
देशभर मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।

आज दिउँसो, देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राती, देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक‍-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

585
Shares

ट्रेन्डिङ