सबैको समाचार
शनिबार, अशोज १७, २०८३

हिलेमा सुन चोर्ने पक्राउ

7660
Shares
हिलेमा सुन चोर्ने पक्राउ

धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।
गत माघ २२ गते राति करिब २ बजे रेजिन धमलाको सुन पसलको ढिक फोरेर रु तीन लाख ५० हजार बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको खत्रीले स्वीकार गरेको प्रहरीले जनाएको छ । धनकुटाको हिले बजारमा पक्राउ परेका खत्रीले चोरी गरेको सुनचाँदी समेत प्रहरीले नियन्त्रण लिएको जनाएको छ । रासस

7660
Shares

ट्रेन्डिङ