सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

635
Shares
मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

काठमाडौँ । वाग्मती– नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

‘उनले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ’, आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने ।

635
Shares

ट्रेन्डिङ