सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमानको पनि मृत्यु

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमानको पनि मृत्यु

595
Shares
जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमानको पनि मृत्यु

रोल्पा । जंगलबाट ल्याएको च्याउ खाएपछि रोल्पामा बिरामी परेका श्रीमानको पनि मृत्यु भएको छ।

परिवर्तन गाउँपालिका– २ राङसी ८१ वर्षीय भागीराम वलीक मृत्यु भएको रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले जानकारी दिए। आजै राङसीकी ७४ वर्षीया निर्मला वलीको मृत्यु भएको थियो। उनीहरू श्रीमान श्रीमति हुन्।

वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी खाएका थिए।

त्यसपछि उनीहरू बिरामी परेका थिए। स्थानीय मेडिकलमा उपचारका गएका उनीहरूको थप उपचार साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो

शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ।

595
Shares

ट्रेन्डिङ