सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

7585
Shares
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं ३ मा आयोजित प्रतियोगिताको सांसद टुकराज सिग्देल, धु्रव वाग्ले र आशा कोइरालाले सय मिटर दौडेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
सो प्रतियोगितामा १९ वटा विद्यालयका दुईसय ५० जना विद्यार्थीको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य रामकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका उपाध्यक्ष मनिराज थापा, जनज्योति माविका प्रअ गणेश सुवेदी, सोही विद्यालयका अध्यक्ष पुष्प पराजुली लगायतले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीलाई पठनपाठनमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने बताउनुभयो ।
यसैबीच, क्षेत्र नं १ मा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले उद्घाटन गर्नुभएको थियो । रासस

7585
Shares

ट्रेन्डिङ