सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • भदौ मसान्तसम्म विपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक ।

भदौ मसान्तसम्म विपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक ।

485
Shares
भदौ मसान्तसम्म विपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक ।

काभ्रेपलाञ्चोक । विपी राजमार्गमा वर्षायाम सुरु भएयता अविरल वर्षा र कमजोर भौगोलिक अवस्थाका कारण लगातार पहिरो खस्ने र सडक अवरुद्ध हुने घटना दोहोरिँदै आएको छ।

यसै जोखिमका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेको पहलमा गत असार महिनादेखि नै राति सवारी सञ्चालनमा समय तालिका लागू गरिएको थियो। असारदेखि भदौ पहिलो सातासम्म पनि राति सवारी आवतजावतमा रोक लगाइएको थियो।

हाल वर्षा अझै जारी रहँदा र पहिरोको जोखिम नहटेकाले जिल्ला सुरक्षा समितिको २०८२ भदौ १५ गते बसेको बैठकले उक्त निर्णयलाई थप कडाइका साथ निरन्तरता दिने निर्णय गरेको हो। निर्णयअनुसार काभ्रेभन्ज्याङ–भकुन्डेबेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई बिहान ५:०० बजेदेखि साझ ५:०० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइनेछ।

यो व्यवस्था भदौ मसान्तसम्म लागू हुने प्रशासनले स्पष्ट पारेको छ। समय तालिका उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ। प्रशासनका अनुसार वर्षायाममा विपी राजमार्गका धेरै स्थानमा पहिरो खस्ने सम्भावना उच्च छ, जसले यात्रुको ज्यान जोखिममा पार्न सक्छ।

यसअघि पनि लगातार अवरुद्ध हुने घटनाले विपी राजमार्गमा यात्रु र चालकलाई ठूलो सास्ती भएको थियो। काभ्रे प्रशासनले यसलाई न्यून गर्नका लागि प्रहरी र सरोकारवालासँग समन्वय गरेर बाटो खुलाउने काम निरन्तर गरिरहेको जनाउदै आएको छ। भने जिल्ला ट्राफिक प्रहरी कार्यलयले राजमार्गमा यात्रा गर्दा पुर्व सुचना लिएर मात्र यात्रा गर्न आवहान गरेको छ ।

असोज दोस्रो साताको बाडी र पहिरो पछि विपि राजमार्ग करिब १२ किमि क्षेतीग्रस्त भएको थियो ।भने क्षेतीग्रस्त राजमार्गको यात्रा कठिनाई सङै सवारी र यात्रुको सुरक्षाका लागी साझ देखि विहान सम्मको राजमार्ग बन्द कायम नै राखिएको हो।

485
Shares

ट्रेन्डिङ