सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेको पनौती नगरपालिकाले वितरण गर्न थाल्यो भैँसीको पाडी

काभ्रेको पनौती नगरपालिकाले वितरण गर्न थाल्यो भैँसीको पाडी

9200
Shares
काभ्रेको पनौती नगरपालिकाले वितरण गर्न थाल्यो भैँसीको पाडी

 

काभ्रेको पनौती नगरपालिकाले यो आर्थिक बर्ष नीति कार्यक्रम तथा बजेट अनुसार भैँसी वितरण सुरु गरेको छ ।

आज वडा नम्बर ४ बाट भैँसी संरक्षण तथा संवर्द्धन अभियान अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को पहिलो चरणमा यस नगरपालिकाको वडा नम्बर ४ का किसानलाई पाडी वितरण गरेर सुरू गरेको हो ।

वडा नम्बर ४ मा १५ वटा पाडी वितरण गरिएको छ । शुभारम्भ भएको छ ।

पनौती नगरपालिकाले चालु आर्थिक वर्ष ७८/७९ मा १५० वटा पाडी बाड्ने बताएको छ । गत आर्थिक वर्ष ७७/७८ मा ८०६ वटा पाडी वितरण गरेको थियो ।

आजको कार्यक्रममा नगरप्रमुख भिम न्यौपाने, उप-प्रमुख गीता बञ्जारा, जिल्ला समन्वय समिति काभ्रेका उप-प्रमुख मञ्जू गौतम, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटा लगायत उपस्थिति हुनुभएको थियो ।

9200
Shares

ट्रेन्डिङ