काभ्रेपलाञ्चोक । लोकतन्त्र बादी पत्रकारहरुको छाता सङठन नेपाल नेपाल प्रेस युनियन काभ्रेले आयोजना गरेको सदस्यता अभियान समापन तथा साधारण सभा ,सम्मान सङै दिपावली नेपाल सम्वत र छड पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोही सभालाई सम्बोधन गर्दै नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्षले २०७२ मा जारी गरिएको पुर्ण प्रेस स्वतन्त्रता सहित जारी गरेको सबिधानलाई जोगाउन सबै लोकतन्त्र बादि प्रेस सगठन तथा सबै पत्रकार समेत लाग्न अपिल गर्दै सम्पुर्ण चाडबाडको शुभकामना ब्यक्त गर्नु भयो ।

लम्सालले युनियनले सुरु गरेको १ सय दिने अभियान अन्तर्गत पहिलो जिल्लाको रुपमा आफ्नो साधारण सभा सङै सदस्यता अभियान सकाए सङै अधिवेशनका लागि काभ्रे तयार भएकोमा बधाई तथा शुभकामना ब्यक्त समेत गर्नु भएको थियो ।


कार्यक्रममा युनियनलाई सहयोग गर्ने स्थानिय तह तथा सघ सस्था तथा ब्यक्तीलाई सम्मान गर्दै पत्रकार महासघ काभ्रेको नब निर्वाचित टिमलाई समेत स्ममान पत्र सहित सम्मान ब्यक्त समेत गरिएको थियो ।