सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क अदालतमा हाजिर हुने

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क अदालतमा हाजिर हुने

4015
Shares
दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क अदालतमा हाजिर हुने

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हे आफूमाथि लागेको भ्रष्टाचार मुद्दा प्रकरणमा अभियोजकद्वारा माग भएबमोजिम सोलस्थित एक अदालतमा उपस्थित हुने बताउनुभएको छ । पार्कले प्रहरीको पक्राउबाट जोगिन अदालतमा हाजिर हुने निर्णय लिनुभएको हो ।
सोलका ‘सेन्ट्रल डिस्ट्रिक्ट प्रोसेक्युटर्स’ को कार्यालयले भ्रष्टाचार प्रकरणबारे छानबिन गर्न पार्कलाई अदालतमा उपस्थित गराउन गरेको निर्देशनबमोजिम आवश्यक परेको समयमा उहाँ अदालतमा उपस्थित हुन तयार रहेको उहाँको कानुनी समूहले मङ्गलबार जानकारी गराएको अदालतले जनाएको छ ।
अदालतले पार्कलाई थप छानबिनका लागि प्रहरी हिरासतमा राख्ने वा तारेखमा घर जान दिने भन्ने निर्णय उहाँमाथि लगाइएका आरोपबारे अध्ययन र उपलब्ध कागजातका आधारमा टुङ्गो लगाइने बताइएको छ ।
पार्कमाथि राज्य र विशेष अदालतले भ्रष्टाचारसम्बन्धी विभिन्न १३ मुद्दामा अनुसन्धान गर्नुपर्ने भनी मुद्दा दायर गरेका छन् ।
पार्कलाई अदालतले पक्राउ गर्न आदेश दिएमा उहाँ दक्षिण कोरियाको इतिहासमा जेल जाने तेस्रो पूर्वनेता हुनुहुनेछ । रासस÷सिन्ह्वा

4015
Shares

ट्रेन्डिङ