सबैको समाचार
सोमवार, कार्तिक १७, २०८३
  • होमपेज
  • बाढी प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत सामग्री वितरण

बाढी प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत सामग्री वितरण

30
Shares
बाढी प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत सामग्री वितरण

काभ्रे ; गत कात्तिक १३ र १४ गते आएको बाढीबाट प्रभावित बेथानचोक गाउँपालिका–४, खहरेका सात परिवारलाई नेपाल रेडक्रस सोसाइटीले आवश्यक राहत सामग्री वितरण गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री राजु सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार सातै परिवारलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो । राहत सामग्री अन्तर्गत त्रिपाल, म्याट्रेस, मन्डी, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरिएको छ ।

शाखाका मन्त्री सिग्देलले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयो । उहाँले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई आवश्यक सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

30
Shares

ट्रेन्डिङ