सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • राप्रपा अध्यक्षमा २८०४ मत ल्याई थापा विजयी

राप्रपा अध्यक्षमा २८०४ मत ल्याई थापा विजयी

3945
Shares
राप्रपा अध्यक्षमा २८०४ मत ल्याई थापा विजयी

एकता महाधिवेशनअन्तर्गत आज भएको मतदान प्रक्रियामा कमल थापाले दुई हजार ८०४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गर्नु भई राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा  थापा निर्वाचित हुनु भएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ ।
अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताउनुभयो ।कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

3945
Shares

ट्रेन्डिङ