सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट उद्घाटन

प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट उद्घाटन

4000
Shares
प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट उद्घाटन

सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा आजदेखि प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुभारम्भ गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षेत्रले जति विकास र उन्नति गर्नुपथ्र्यो त्यसो नहुनुमा नेपालको अस्थिर राजनीति नै मूल बाधक बनिरहेको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलको व्यवस्थापन भने स्थानीय इटहरी क्रिकेट एकेडेमीले गरेको छ ।
उद्घाटित खेलअन्तर्गत आज भएको पहिलो खेलमा पूर्वाञ्चल टिमले पहिलो ब्याटिङ गर्दै २० ओभरको खेलमा १२४ रनको लक्ष्य दिएको थियो । पूर्वाञ्चल टिमले ३ विकेटको क्षतिमा उक्त स्कोर खडा गरेको थियो । जसमा अक्सरी बेगमले ४६ र रोमा थापाले ४२ रनको साझेदारी रहेको थियो ।
एक सय २४ रनको लक्ष्य पच्छ्याउन मैदानमा ओर्लिएको मध्यमाञ्चल टिमले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ४७ रनमा अलआउट भएको थियो । जसमा मध्यमाञ्चलकी सीता श्रेष्ठले मात्र दोहोर अङ्क अर्थात् १३ रन बनाउन सकेकी थिइन् ।
खेलमा महिला क्रिकेट टिमकी टिम कप्तान रुविना क्षेत्रीले ३ विकेट तथा आरती बिडारीले २ विकेट लिएकी थिइन् । खेलमा पूर्वाञ्चलकी रोमा थापा म्यान अफ द म्याच घोषित भएको सिपी पौडेलले जानकारी दिनुभएको छ । खेलमा सशस्त्र प्रहरीको एपिएफ, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको छ । रासस

4000
Shares

ट्रेन्डिङ