सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • ​काठमाडौं आइपुग्यो केन्याको क्रिकेट टीम, नेपालसँग खेल्न तयार

​काठमाडौं आइपुग्यो केन्याको क्रिकेट टीम, नेपालसँग खेल्न तयार

5755
Shares
​काठमाडौं आइपुग्यो केन्याको क्रिकेट टीम, नेपालसँग खेल्न तयार

आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल सँग दुई खेल खेल्न केन्याको क्रिकेट टीम नेपाल आइपुगेको छ।
नेपालसँग खेल्नुअघि भारत भ्रमणमा रहेको केन्याको टीम बिहीबार राति साढे नौ बजे भारतबाट नेपाल आएको हो।
नेपाल र केन्याबीच पाँचै चरण अन्तर्गतको दुई  खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। पहिलो खेल यही शनिबार र दोस्रो खेल सोमबार हुनेछ।
नेपाल आउनुअघि केन्याले भारतमा ४ अभ्यास खेल खेलेको थियो। जसमध्ये ३ मा जित र एकमा हारको नतिजा निकालेको थियो।
८ टीम सम्मिलित च्याम्पियनसिपमा केन्या ८ अंकका साथ पाँचौं स्थानमा छ भने ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ।
केन्याका प्रशिक्षक थोमस ओडोयोले नेपालसँग खेल्न आफुहरु तयार रहेको बताए। ‘हामीले भारतमा तयारी गर्यौं र तयारी राम्रो भएको छ। हामी नेपालसँग खेल्न तयार छौं।’
‘भारतमा हामीले बारोडा स्टेट साइडसँग ४ खेल खेल्यौं र तीनमा जित हासिल गर्यौं, यो हाम्रो लागि राम्रो उपलब्धी हो। आशा छ हामी सोही लयलाई कायम राख्दै नेपाल विरुद्ध राम्रो गर्नेछौं।’ उनले भने।
उनले केन्याको बलिङ बलियो पक्ष रहेको र ब्याटिङ पनि ठिकै रहेको बताए। ‘नेपालमा यो हाम्रो पहिलो पटक हो। नेपालको कन्डिसनको बारेमा हामीले टिभीमा मात्र हेरेका छौं। हामी उक्त वातावरणमा चाँडै घुलमिल हुनुपर्छ।’
उनले नेपालको टीम पनि राम्रो र बलियो रहेको ।पहिलोपोस्ट

5755
Shares

ट्रेन्डिङ