सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • धनराज राईको मनमागेउ तिमीले गीतको  शूटिंग  सम्पन्न

धनराज राईको मनमागेउ तिमीले गीतको  शूटिंग  सम्पन्न

4385
Shares
धनराज राईको मनमागेउ तिमीले गीतको  शूटिंग  सम्पन्न

गायिका माण्डबी त्रिपाठीको सुमधुर आवाजले भरिएको मिठो गीतको म्युजिक भिडियो भरखरै युएईको विभिन्न रमणीय स्थलहरु क्रीक पार्क ,जाबेल पार्क,जुमेरा लगायतका ठाउँहरुमा छायांकन सकिएको छ।

उक्त गीतमा शब्द/संगीत दुबै पछिल्लो समयका निकै चर्चित र ब्यस्त युवा गायक,गीतकार तथा संगीतकार मनिपाल राईको रहेको छ। जसका प्रस्तुत कर्ता हुनुहुन्छ धनराज राई।

“मन माग्यौ तिमीले मनै सुम्पिदिएँ” बोल रहेको सो गीतको म्युजिक भिडियोमा मोडेल आशिका मगर ,सुरेन्द्र लामाको साथमा यामुना कार्की ,राजेश पान्डे लगायका कलाकारहरूको धमाकेदार अभिनय म्युजिक भिडियोमा हामी देख्न सक्नेछौ।

राजेश पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा क्यामेरामेन रोहित बिक्रम कार्की रहेका थियो भनी सोही गीतका निर्माण कर्ता धनराज राईले एन पि म्युजिक मिडियाका आशिष बान्तावा बान्तावसङ्ग बताउनु भयो।

4385
Shares

ट्रेन्डिङ