सबैको समाचार
शुक्रबार, साउन १५, २०८३

द्यो स्वगं पूजा सम्पन्न

6730
Shares
द्यो स्वगं पूजा सम्पन्न

बिस्केट जात्राको आठौँ दिन आज यहाँ द्यो स्वगं पूजा (सगुन जात्रा) सम्पन्न भएको छ । बिहानैदेखि धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्ति पीठ तथा देवी देवताको परिक्रमा गरी सगुन जात्रा मनाएका हुन् । जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकुपटासी र दौरासुरुवालमा सजिएर सहभागी भएका थिए । आजै देवीदेवतालाई सगुन पूजा गर्न आआफ्ना द्यो छें (देवघर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले ती देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।
सो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख छ । बिस्केट जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए माफ रहोस् भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रुपमा लिने गरिएको भाषा वंशावलीमा समेत उल्लेख भएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिनुभयो । रासस

6730
Shares

ट्रेन्डिङ