सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विल्सन अभिनित बलीउड फिल्मको टीजर सार्वजनिक

विल्सन अभिनित बलीउड फिल्मको टीजर सार्वजनिक

6055
Shares
विल्सन अभिनित बलीउड फिल्मको टीजर सार्वजनिक

नेपाली हास्यकलाकार विल्सन विक्रम राई अभिनित पहिलो बलीउड फिल्म ‘बोरीवली का ब्रूश ली’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरभरी विल्सन विक्रम राई मज्जैले छाएका छन् । विल्सनसँगै टीजरमा बलीउड अभिनेत्री आयशा टाकिया लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ । टीजरमा विल्सन विश्व प्रख्यात चीनी हांगकांग अभिनेता ब्रूस ली जस्तो मार्शल आर्ट सिक्न खोजिरहेको छन् । उनको टीजरमा देखिएको फन्नी लुक्सले तपाईहरुको ध्यान खिच्न सक्छ ।
यो फिल्ममा सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारहरु पनि मुख्य भूमिका रहेको छ । खबरका अनुसार, १५ सिनका लागि यो फिल्ममा अनुबन्धित भएका विल्सनले प्रत्येक सीन आयशासँग मात्र दिएका छन् । फिल्मलाई आशूतोष वाराङले निर्देशन गरेका हुन् । फिल्मको रिलिज डेट भने फाइनल गरिएको छैन् । बताइदिउँ कि विल्सन विक्रम राई अभिनित नेपाली फिल्म ‘रातो घर’ यही जेष्ठ १९ गतेबाट रिलिज हुँदैछ ।

6055
Shares

ट्रेन्डिङ