सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

4530
Shares
एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

काठमाडौँ, १४ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।सोही समूहको उपविजेता बन्दै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले जारी प्रतियोगितामा ६ अङ्क जोड्यो भने पुलिसको ४ अङ्क छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको झिनो योगफल तयार ग¥यो । पुलिसले दिएको ११० रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११६ बल बाँकी छर्दै पूरा ग¥यो । आर्मीले ३० दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो ।पहिले ब्याटिङ गरेको पुलिसका लागि दिलीप नाथले सर्वाधिक ५० रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए ।
जारी प्रतियोगिताको एकै खेलमा– ६ विकेट लिने सुशन दोस्रो खेलाडी बने । त्यसअघि आर्मीकै जितेन्द्र मुखियाले सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा ६ विकेट लिएका थिए ।त्यस्तै आर्मीको जितमा कप्तान विनोद भण्डारी र नरेश बुढाएरले नटआउट ७६ रनको साझेदारी गरे । पचास बल खेलेका विनोदले ७ चौका एक छक्काको मद्दतमा ४६ रन जोडे । यता नरेशले ७४ बल खेल्दै १ छक्का र तीन चौका प्रहार गर्दै ४१ रन बनाए । त्यसैगरी महेश क्षेत्रीले १३, सागर पुनले ११ रन जोडे । पुलिसका ललितसिंह भण्डारीले दुई विकेट लिए भने सुशील कँडेलले १ विकेट लिए । भोलि समूह ‘ए’ मा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चल विकास क्षेत्रवीच खेल हुनेछ । रासस

4530
Shares

ट्रेन्डिङ