सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • दुई दिनमा ‘पर्व’ले गर्यो करोड पार

दुई दिनमा ‘पर्व’ले गर्यो करोड पार

3395
Shares
दुई दिनमा ‘पर्व’ले गर्यो करोड पार

शुक्रबार रिलिज भएको सिनेमा ‘पर्व’ले पहिलो दिन औसत ओपनिङ गर्यो । तर दोस्रो दिन शनिबार भने आक्रामक व्यापार गरेको छ । शनिबार सिनेमाले ६५ लाख भन्दा माथिको ग्रश कलेक्शन गर्दै दुई दिनमा एक करोड क्लबमा प्रवेश गरेको छ । देशभरका ७० वटा हलमा रिलिज भएको ‘पर्व’ले शनिबार देखि थप ४ वटा शोहरु पनि पाएको छ । काठमाण्डौको के एल टावरमा २ वटा र बीजी मलमा एक वटा, कुमारी हलमा एक वटा गरी सँगै रिलिज भएको ‘हिटलर’का चारवटा शो थपिएको हो । यस हिसाबले सिनेमाको आईतबारको ब्यापार पनि राम्रो हुने देखिएको छ ।
प्रमोशन खर्चसहित एक करोडमा निर्माण भएको ‘पर्व’ले नेपालबाटै लगानी उठाउनको लागि भने साढे दुई करोडको ब्यापार गर्नु पर्नेछ । यस हिसाबले नेपालबाटै लगानी उठाउन ‘पर्व’ले अझै डेढ करोडको व्यापार गर्न जरुरी छ । त्यस्तै सिनेमाले विदेश प्रदर्शनको अधिकार विक्रि गरेर ३५ लाख भने कमाईसकेको छ । जापान, अस्ट्रेलिया र लण्डन प्रदर्शनको अधिकार ३५ लाखमा विक्रि भएको र अन्य केही देशहरुबाट पनि सिनेमाको माग भएको जानकारी निर्माता सुवास गिरीले दिएका छन् । सुवास ईन्टरटेनमेन्ट र टि भि फिल्मीको सयुंक्त प्रस्तुति ‘पर्व’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । दिनेशले यस अघि नोभेम्बर रेन, क्लासिक जस्ता सफल सिनेमा नेपाली सिनेमा उद्योगलाई दिईसकेका छन् । सिनेमामा नम्रता श्रेष्ठ र कोशिस क्षेत्रीको मुख्य भूमिका छ ।
औसत रह्यो ‘हिटलर’
त्यस्तै सोही दिन रिलिज भएको सिनेमा ‘हिटलर’ले भने औसत व्यापार गरेको छ । झण्डै ९० लाखको लगानी रहेको ‘हिटलर’ देशभरका ५० वटा हलमा रिलिज भएको थियो । तर केही शोहरु ‘पर्व’लाई थपिएका कारण सिनेमाको व्यापारमा असर पर्ने देखिएको छ । सौरभ ढकालको निर्देशनमा बनेको यस सिनेमामा मेनुका प्रधान, सोहित मानन्धर, समिया बर्तौला, दिवस धिताल लगायतको अभिनय छ ।

3395
Shares

ट्रेन्डिङ