सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण

धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण

7820
Shares
धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण

काभ्रे, ३१ बैशाख: काेराेना भाईरस संक्रमण जाेखिम न्युनिकरण तथा नियन्त्रणकाे प्रयासलाई ध्यानमा राख्दै धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत निवासी दाजुभाई बद्रिराज तिमल्सिना र शुभराज तिमल्सिनाले स्वास्थ सामाग्री तथा औषधि सहयोग गरेका छन् ।

पात्लेखेतमा संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ चौकी मार्फत वितरण हुने गरि २० जना कोभिड पोजेटिभ देखिएका हरूलाई सप्लिमेन्ट्री प्याकेज ( मास्क, सेनिट्राईजर, भिटामिन सि, डी, जीन्क ट्याब आदी) वितरण गरिएकाे हो ।

युवा व्यवसायी शुभराज तिमल्सिनाको व्यक्तिगत व्यवस्थापनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष समेत रहेका बद्रिराज तिमल्सिना तथा पुर्व अध्यक्ष ईश्वरी ओझाले पात्लेखेत स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। आवश्यकता अनुसार ति सामाग्री थप सहयोग गरिने बताइएको छ।

हस्तान्तरण स्थानीय युवा रोशन तिमल्सिना र गोबिन्द धितालले संयाेजन गरेका हुन् ।जाेखिम बढ्दै गएकाले सहयाेगलाई निरन्तरता दिने र दायरा पनि फराकिलाे बनाउदै लैजाने शुभराज तिमल्सिनाले जानकारि दिए । उनले सकेसम्म सबैजना घरमै बस्न र संक्रमितहरु पुर्णरुपमा आइसोलेट हुनुहुन आग्रह गरे।

पात्लेखेतमा ३१ महिला र २५ पुरुष गरि ५६ जना संक्रमित छन्। हालसम्म दुइजनाले ज्यान गुमिसकेको धुलिखेल वडा न ११ का वडा अध्यक्ष बिष्णु धितालले जानकरी दिए।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीका अनुसार धुलिखेल नगरपालिकामा २ सय महिला र २ सय १९ पुरष गरि ४ सय १९ जना कोरोना संक्रमित छन् भने ९ जनाको मृत्यु भैसकेको छ।

7820
Shares

ट्रेन्डिङ