सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाली सेलिब्रेटीको नलुकेको प्रेम

नेपाली सेलिब्रेटीको नलुकेको प्रेम

5710
Shares
नेपाली सेलिब्रेटीको नलुकेको प्रेम

अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अफेयरले यतिबेला नेपाली सिने नगरी गर्माएको छ । आधिकारिक रुपमा प्रियङ्काले प्रेममा भएको स्विकार नगरेको भए पनि आयुस्मानले घुमाउरो तरिकाले प्रेममा रहेको स्विकार गरेका छन् । हाल सिनेमा ‘छक्का पञ्जा २’ को छायाकंनमा व्यस्त दुईले सेटमा पनि एकअर्काको लागि समय मिलाउँछन् । उनीहरुको प्रेम यतिसम्म झांगिएको छ कि सामाजिक सञ्जालमा उनीहरुले खोलेका खाताहरु पनि एकअर्काका तस्वीरहरुले भरेका छन् भने मोवाइलको वालमा फोटो अठाएको छ । दुवै जना निरन्तर एकअर्काका तस्वीरहरु सेयर गरिरहन्छन् । पछिल्लो समय उनीहरु सामाजिक सञ्जालमा सबैभन्दा धेरै ट्रोल हुने सेलिब्रेटी जोडी पनि बनेका छन् । प्रियंका र आयुष्मानको प्रेम प्रसंगमा हामीले तयार पारेको यो सामाग्रीमा अहिले प्रेममा रमाईरहेका सेलिब्रेटी जोडीलाई समेटिएको छ ।
पल शाह र आँचल शर्मा
पछिल्लो समय पल शाह र आँचल शर्माको प्रेम मात्रै हैन विवाहको हल्लाले पनि सिने नगरी गर्माएको छ । सिनेमा ‘नाई नभन्नु ल ४’ बाट एक साथ डेब्यु गरेका यी दुई पहिलो सिनेमामै काम गर्ने क्रममा एकअर्काको नजिक भएको बुझिन्छ । तर उनीहरुले अफेयरको कुरालाई घुमाउरो पारामा भनेपछि सोझै स्वीकार गरिसकेका भने छैनन् । यी दुई अभिनित सिनेमा ‘जोनी जेन्टलम्यान’ रिलिजको क्रममा छ ।
Image result for shristi shrestha and saugat mallaसृष्टी श्रेष्ठ र सौगात मल्ल
अहिले चर्चामा रहेको सेलिब्रेटी जोडीमा सौगात र सृष्टी पनि पर्छन् । केही समय यता सौगात सृष्टी एकअर्कालाई डेट गरिरहेका छन् । केही महिना अघि सृष्टीले एस लभ एस लेखेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि उनीहरुको प्रेम रहेको कुरा सार्वजनिक भएको थियो । त्यसपछि फेरि एउटै कारमा उनीहरु सिनेमा हलमा पुगे र मिडियालाई गसीप बनाउने मौका दिए । उनीहरुले आधिकारिक रुपमा अफेयरको कुरा नगरे पनि घुमाउरो पारामा मिडियासँग प्रेममा रहेको भने स्वीकारी सकेका छन् ।
सृष्टी र सौगात पछिल्लो समय प्रायः समय साथमा बिताउँछन् । केही दिन अघि मात्रै सृष्टीले आफ्नै घरमा सौगातलाई बोलाएर डिनर गरेको तस्विर सेयर गरेकी थिईन् ।
barshaवर्षा राउत र संजोग कोईराला
अभिनेत्री वर्षा राउतले गत वर्ष प्रेमी सार्वजनिक गर्दै आफू पाँच वर्षा यता प्रेममा रहेको आधिकारिक घोषणा गरिन् । वर्षा अभिनेता संजोग कोईरालाको प्रेममा छिन् । पाँच वर्ष अघि एक सिनेमाको अडिसनमा भेट भएका यी दुई पनि अहिले प्रेममा रमाउने सेलिब्रेटी जोडीको सूचिमा छन् । खुलेआम प्रेम गर्ने सेलिब्रेटीको रुपमा पनि उनीहरुलाई लिईन्छ । संजोग हाल ‘कथा काठमाण्डु’मा काम गरिहेका छन् भने वर्षा ‘छक्का पञ्जा २’ को छायाकंनमा व्यस्त छिन् ।
केही समय अघि हामीसँग कुराकानी गर्ने क्रममा वर्षाले प्रेमी सार्वजनिक गरेपछि धेरैले आफूलाई ध्यान दिएको भन्दै खुशी व्यक्त गरेकी थिईन् । सिनेमाको कामबाट समय पाउनसाथ संजोग र वर्षा पनि एकसाथ समय बिताउँछन् ।
shilpa-pokharel-and-chhabi-raj-ojhaशिल्पा पोखरेल र छवि ओझा
सिनेमा ‘लज्जा’बाट डेब्यु गरेकी अभिनेत्री शिल्पा पोखरेलको नाम पहिलो सिनेमाबाटै निर्माता छविराज ओझासँग जोडिएको छ । यो सिनेमापछि यी दुई लिभ ईन रिलेसनसिपमा भएका खबरहरु पनि आएका थिए । त्यसबखत देखि नै शिल्पा र छवि एकअर्काको प्रेममा भएको र विवाह गर्ने हल्लाले पटक पटक सिने नगरीलाई तताईरहेको छ । गत वर्ष सिनेमा ‘किस्मत २’ रिलिज पछि छविले ज्योतिषिको सुझाव अनुसार शिल्पासँग अर्को वर्ष विवाह गर्ने कुरा गरेका थिए । शिल्पा र छविले निर्माण गरेको सिनेमा ‘मंगलम’ दशैँ तिहारको छेकोमा रिलिज हुँदैछ ।
Image result for bhuwan kc and jiya kcभुवन केसी र जिया केसी
अभिनेता भुवन केसी दुईवटी श्रीमतीको साथ छाडेर अहिले अभिनेत्री जिया केसीको साथमा रमाईरहेका छन् । यो जोडी पनि अहिले प्रेममा हुने सेलिब्रेटी जोडी हो । यी दुई लामो समय लिभ ईन रिलेसनसिपमा पनि थिए । सिनेमामा बोल्ड सिन दिएका कारण चर्चामा आएकी जियाको सिने करिअर शुन्य छ । तर भुवन भने छोराको करिअर बनाउन व्यस्त छन् ।
20160610020821_24c3c45861842d72b8280b61f549eb6d@filmykhabar.comसलोन बस्नेत र करिष्मा श्रेष्ठ
अभिनेता सलोन बस्नेत र करिष्मा श्रेष्ठपनि एकअर्काको प्रेममा रमाईरहेका सेलिब्रेटी जोडी हुन् । सिनेमा ‘लभ सब्’को समयमा उनीहरुको प्रेमले चर्चा पाएको थियो । हुन त अहिले पनि यो जोडी एकअर्काको प्रेममा छ । तर साथमा सिनेमा नआएका कारण हुनसक्छ यि प्रेम जोडिको प्रेमको खासै चर्चा भएको पाईँदैन ।
यसबाहेक निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल विच पनि प्रेम सम्बन्ध रहेको र उनीहरु विवाह गर्न लागेको हल्ला पनि बेलाबेलामा आउने गरेको छ ।
20140516204358_df363cc9772cf18d6f2591e47a30d7ef@filmykhabar.comआश्मा डि सी र संयम पूरी
अभिनेता संयम पूरी र अभिनेत्री आश्मा डि सी पनि एकअर्काको प्रेममा छन् । केही वर्ष अघि आधिकारिक रुपमै प्रेम सार्वजनिक गरेको यो जोडीको भेट टि भि फिल्मीको कार्यक्रमा ‘वान डे’को छायाकंनको क्रममा भएको थियो जसको प्रस्तोता थिईन् आश्मा । खुल्लम खुल्ला प्रेम गर्ने सेलिब्रेटीको सूचिमा संयम र आश्माको नाम पनि आउँछ । प्रेम सार्वजनिक गरेपछि संयमले आफूहरुले सहि समय आएपछि विवाह गर्ने पनि बताएका थिए । तर उनीहरुको प्रेमको चर्चा अहिले भने खासै सुन्न पाईएको छैन । संयम र आश्माले ‘नाई नभन्नु ल ३’, ‘आभास’ लगायतका सिनेमामा काम गरेका छन् ।

5710
Shares

ट्रेन्डिङ