सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चुनावको मिति सारेपछि मधेसवादी दल खुसी

चुनावको मिति सारेपछि मधेसवादी दल खुसी

3740
Shares
चुनावको मिति सारेपछि मधेसवादी दल खुसी

कैलाली, १९ जेठ । सरकाले दोस्रोचरणको स्थानीय तहको निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रीत दल खुसी भएका छन् । विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले दोश्रो चरणअन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ का लागि जेठ ३१ गते तोकिएको थियो ।
तोकिएको सो निर्वाचन मितिलाई परिवर्तन गरेर सरकारले असार ९ गते र त्यपछि पुनः असार १४ गते गर्ने मिति तोकिएको छ । निर्वाचन मिति सारिएपछि दल दर्ता, निर्वाचन प्रचारप्रसार लगायतका आवश्यक तयारी गर्न सजिलो हुने भएपछि मधेसकेन्द्रीत दल खुसी भएका हुन् ।
अघिल्लो पटक गरेको प्रतिबद्धता पूरा गर्न सरकारले ध्यान नदिएकाले सरकारलाई विश्वास गरिहाल्ने अवस्था नरहेको मधेशकेन्द्रीत दलका कतिपय नेताले बताएका छन् । तर उनीहरुले आफूहरुलाई पनि निर्वाचनमा जान पर्याप्त तयारीको समय छुट्याएको भन्दै सरकारलाई धन्यबाद समेत दिएका छन् । सरकारले मुद्दा सम्बोधन गरे आफूहरु पनि उत्साहित भएर चुनावमा सहभागी हुने राजपा कैलालीका नेता जङ्गबहादुर बडायकले बताउनुभयो । रासस

3740
Shares

ट्रेन्डिङ