सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • पवन केसीको "गुन्यु चोली लायौ झुमा" सार्बजनिक (भिडियो सहित)

पवन केसीको "गुन्यु चोली लायौ झुमा" सार्बजनिक (भिडियो सहित)

5875
Shares
पवन केसीको "गुन्यु चोली लायौ झुमा" सार्बजनिक (भिडियो सहित)

लामो समय देखि गीत संगीतमा आबद्द हुँदै आएका अनि गीत संगीतका प्रतिभाशाली कलाकार हुन् पवन केसि अनि प्रिया भण्डारी । यिनै केसि अनि भण्डारीको नयाँ गीत “गुन्यु चोली लाग्यो झुमा दियौ नजर” बोलको गीतको सार्बजनिक भएको छ ।
यहि सार्बजनिक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । यो गीतमा गायक पवन केसी अनि प्रिया भण्डारी स्वयंमको आवाज रहेको छ भने गीतमा भिम बिसीको शब्द/संगीत संग संगै अलमोडा राना उप्रेतीको संगीत सम्योजन रहेको छ ।
भिडियोलाई पारिवारिक प्रेम कथामा अनि आफ्नी प्रेमिका लाई प्रेमीले भगाउन प्रयास गरिए पनि अन्त्यमा घर परिवारले भेटाएर पुनःह घरमै फर्काईएको कथालाई भिडियोमा देखाउन खोजिएको छ ।
भिडियोलाईउत्सब दाहालले छायांकन गरेका हुन् भने राजिव समरले कोरियोग्राफी गरेका छन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा बर्षा शिवाकोटी र जीवन भट्टराईको ससक्त अभिनय संगै अशोक निरौला, रविन राईको पनि अभिनय रहेको छ भने सिमा गुरुङको मेकअप रहेको छ । यसै गरि भिडियोलाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गर्ने भएको छ ।

5875
Shares

ट्रेन्डिङ