सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सि.एम.ए पढेर गाउँमै औषधी पसल राख्ने सुनमायाँको सपना

सि.एम.ए पढेर गाउँमै औषधी पसल राख्ने सुनमायाँको सपना

5205
Shares
सि.एम.ए पढेर गाउँमै औषधी पसल राख्ने सुनमायाँको सपना

झट्ट हेर्दा कुनै सेलिब्रेटीको जस्तो कम छैनन् साविक मेथिनकोट–९ हालको नमोबुद्ध नगरपालिका ३ की सुनमायाँ तामाङको अनुहार । आत्मा सबैको एउटै हुन्छ । सबैको एउटै आत्म हुन्छ, राम्रो लाउने, पढ्ने अनि खाने र हिड्ने । तर सुनमायाँको लागि यो अजिङगारको पहाड बन्दै छ । शारिरिक रुपमा अस्वस्थ छिन तर जोस् र जागर भने कुनै युवाको भन्दा कम छैन । ५ महिनादेखि ढाड दुख्ने, जिउँ दुख्ने समस्याले सताइ रहेको छ उनलाई । ‘सपना जब ध्वस्त हुन्छ, तब मान्छेको जीवन ध्वस्त हुन्छ । बाचुन्जेल जीवनले सपना ध्वस्त गर्ने च्यालेन्ज मात्र दिन्छ ।’ मेथिनकोटका सुनमायाँको जीवनमा यस्तै भयो । उनले जीवन नै व्यर्थ भएको अनुभव गरे । किनकि, उनको सपना पूरा नहुने दृश्य स्पष्ट देखेका थिए । सानैदेखि चञ्चले स्वभावकी उनी शारिरिक अशक्तका कारण राम्रोसँग हिडडुल गर्न सक्दैन् । उनले आफ्नो जिवनको भोगाई र बुनेको सपना यसरी सुनाईन् ।
स्कूल पढ्दा सार्थीहरुले हेपेर बोल्थे
२०६८ सालको एसएलसी परिक्षा दिएर ल्याएर पास भए । ’म शारिरिक रुपमा अशक्त भएपनि विस्तारै विस्तार पढ्नलाई गाउँकै विद्यालयमा पढन जान्थे । कक्षा कोठामा धेरै साथीहरु हुन्थे । कोही साथीहरुले धेरै मायाँ गन्थे भने कोहीले शारिरिक रुपमा अशक्त देखेर हेपेर बोल्ने गर्दथ्यो ।
शारिरिक असक्त, स्वर सशक्त
अपाङ्गता भएका व्यक्तिहरुमा पनि आआफ्नै कला छन् उनीहरुका लागि राज्यले केहि सहयोग गरेको खण्डमा दैनिक जिवन धान्नलाई हदसम्म सहजता हुने उनी ठान्दछिन् । उनी भन्छिन ‘ गित संगितमा मेरो धेरै रुची छ । कार्यक्रमहरुमा म आफैले बेदनाको गित लेखेर गाउँन थाल्छु । समस्यै समस्या छ, । तर पनि जिवनमा हार खाएकी छैन महिले । सरकारले माया नगरेर के भयो त दर्शकले माया गर्नु भए कै छ र गर्नुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।’ आफुले अहिले गाएको गितमा पनि पारीवारीक सुख दुखलाई उजागर गरेको छु । म आफु निरन्तरतालाई नै ठुलो उपलब्धी ठान्दछु ।

सुनमायाँ तामाङ

अपांगप्रति हेर्ने दृष्टिकोण फरक
आफुले पढेको विद्यालय मै सँगैका साथीहरुले अपांगता भएको प्रति देखाएको विभेदले नेपाली समाज अपांगता भएका नागरिकप्रति कति क्रुर छ भन्ने प्रमाणित गरिदिएको छ । सुनमायाँ तामाङको आत्मनुभूति हिजो सम्म मैले अनुभव नै गरिन म अपाङ्ग छु, शारीरिक रुपले म अशक्त छु । अरु झै मेरो पनि सपना इच्छा आकांक्षा एउटै भन्ने झै लाग्थ्यो । जब मैले श्रीराम माविबाट २०६९ सालको प्रवेशीका (एस.एल.सि) परिक्षामा उर्तिण भए अनि उच्च शिक्षा अध्ययनको लागि भकुण्डेबेसीमा रहेको जनक उमाविमा भर्ना भई, उच्च माध्यमिक विद्यालयमा जान थालि अनि मात्र मैले आफूलाई शारीरिक रुपमा कमजोर ठान्न थालिन । परिवारको साथ सहयोग र समयमा उचित सल्लाह सुझाव नपाएको भए सायद मानसिक रुपमा नै म कमजोर हुने थिए होला ।
शारीरिक रुपमा अशक्त भयो भन्दैमा नहेपौँ
शारीरिक रुपमा अशक्त भएका व्यक्तिले केहि पनि गर्न सक्दैनन् भन्ने धारणामा अहिले गलत सावित हुन थालेको छ । अवसर र सहयोग पाए शारिरिक रुपमा अशक्त व्यक्तिले पनि सपाङ्ग सरह समाज र राष्ट्रकै लागि योगदान दिन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् उनले । हालै उनले भकुण्डेबेसीमा नवजिवन सचेतना केन्द्रले आयोजना गरेको डल्लो साबुन बनाउने तालिम लिएर सिप सिकेको छु । शारीरिक रुपमा अशक्त छिन । उनी शारीरिक रुपमा अशक्त भएतापनि आफ्नै खुट्टामा उभिन चाहन्छिन । उनि समाजमा उदाहरणीय व्यक्ति बनेर अपांगता भएकाहरुले पनि अवसर पाएमा समाजमा गरिखान सक्छन भनेर देखाउने उनको सोच छ ।
अपांग हुनुमा मेरो के दोष ?
शारीरिक रुपमा अपांग हुनुको पीडा त छँदैछ तर, यस्तो पीडालाई टोलकै मानिसहरुले नक्कल गरेर जिस्क्याउँदा उनी मरेतुल्य हुन्छिन् । शारीरिक रुपमा अशक्त अथवा फरक क्षमता भएका व्यक्तिलाई सहयोग, संरक्षण गर्नु नागरिकको कर्तव्य हो । समाजमा अहिले पनि अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक हुन सकेको छैन । बाहिरी रुपमा केही फरक आएता पनि व्यवाहारिक रुपमा परिवर्तन हुन सकेको छैन । अपांगता भएका व्यक्तिहरुले खासगरी बढी मात्रामा यातायातका साधन तथा राज्यले प्रदान गर्ने सेवाबाट वञ्चित भएका छन् । अपांग भएका काम गर्नका लागि भनेर विभिन्न संघसंस्थाहरु पनि स्थापना भएका छन् । तर उनीहरुका समस्याहरु पुर्ण रुपमा हल हुन सकेको छैन ।
शरीर असक्त, स्वर सशक्त
सुनमायाँ तामाङले शारीरिक रुपले आफु अशक्त रहेर पनि गायन क्षेत्रमा लाग्ने सपना पनि बुन्न थालेकी छिन ।
एउटा किसान परिवारमा जन्मेका भण्डारी पुर्णत शारीरिक रुपमा अशक्त छन् । आफु शारीरिक अशक्त भएपनि सानै देखि कला र गलामा अब्बल देखिएका उनीको अपाङ्गताकै कारण अगाडी बढन सकेनन् ।
सहर सपनाको सहर
आफुहरु जस्ता अपाङ्गता भएका व्यक्तिहरुका लागी काठमाण्डौं सहर सपनाको सहर जस्तो लागेको उनले सुनाए । हामीहरुलाई संघर्ष गर्न निकै कठिन हुने रहेछ उनले भनिन् । कहि सहर बजार छिर्दा सपनाको सहर जस्तै लाग्छ । गाउँमा जन्मेको केटी त्यसमा पनि अपाङ्गता कहि हिडडुल गर्न सहजता थिएन ।
गाउँमै औषधी पसल राख्ने सपना
अहिले म कक्षा १२ को परीक्षा सकेर बसि रहेको छु । फुर्सदको समयमा गित लेख्ने र पढने गर्छु । कक्षा १२ पास भएपछि म सि.एम.ए पढेर मेरो आफ्नै गाउँमा बसेर औषधी पसल राख्ने सोचमा छु । त्यो सम्भाव अलि कम रहेको छ किन की म गरिब किसान परिवारमा जन्मेको त्यो पनि शारिरिक रुपमा अशक्त छु ।
सबैको साथ र सहयोग आवश्यक
सुनमायाँमा गरिब परिवारमा जन्मिएकी शारिरिक रुपमा अशक्त युवा हुन् । उनको अनेकौँ सपना छ र उनको त्यो सपना बिपनामा परिणात हुन अजिङगारको पहाले थिच्चिएको छ । बिहान बेलुका छाक टार्न धौँ धौ भएका सुनमायाँको परिवारमा छोरीलाई सि.एम.ए पढेर गाउँमै औषधी पसल राखेर आफुजस्तै अशक्तको सेवा गर्ने उनको धोको कहिले पुरा होला ? यसमा सबैको साथ र सहयोग रहेमा असम्भव भने केही छैन ।
-काभ्रे सन्देश साप्ताहिक बाट
5205
Shares

ट्रेन्डिङ