सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा २०७० सालयता निरन्तर प्राकृतिक प्रकोपको प्रताडना, लार्चामा तुईन बनाईयो

सिन्धुपाल्चोकमा २०७० सालयता निरन्तर प्राकृतिक प्रकोपको प्रताडना, लार्चामा तुईन बनाईयो

4565
Shares
सिन्धुपाल्चोकमा २०७० सालयता निरन्तर प्राकृतिक प्रकोपको प्रताडना, लार्चामा तुईन बनाईयो

मेलम्ची, १५ साउन (किरण थापा) । २०७२ सालको भूकम्प र भोटेकोसीको बाढीले दुई वर्षदेखि सुनसान तातोपानी नाका लार्चाको पुललाई पहिरोले क्षति र्पुयाएपछि थप संकटमा परेको छ । जुरे पहिरो गएदेखि घट्दै गएको चीनसँगको नेपाली व्यापार भूकम्पपछि ठप्प भएको छ । भूकम्प र बाढीपछि बन्द नाका खुलाउन पहल भइरहेका बेला ०७३ असारमा भोटेकोसी बाढीले सडक र सीमाका बस्ती नै बगाएको थियो। हाल पहिरोले पुल बगाएपछि तातोपानीको भविष्य झनै अनिश्चित बनेको छ । मितेरी पुलबाट करिब ५ किमि पश्चिम लार्चा्िस्थत भोटेकोसीमाथिको पुल पहिरोले बगाएपछि उक्त क्षेत्रमा बसोवास गर्दै आएका २५ हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन ।

भूकम्प र बाढीले क्षति बनाएको बाह्रविसे तातोपानि सडकखण्ड दिन प्रतिदिन जीर्ण बनिरहेको छ । फेरि पुल बगाएपछि सीमा क्षेत्रको दैनिक जीवनसमेत कष्टकर बनेको छ । यसअघि पनि २०३८ सालको बाढीले बगाएको पुल चीन सरकारले निर्माण गरेको थियो । भूकम्पले चर्काएपछि उक्त पुललाई चीनले फलामको टेको लगाएको भए पनि बाढिले भत्किएपछि व्यापारको सन्दर्भ तत्काललाई टरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विमल डाँगीले तातोपानी क्षेत्रनै दुर्गम बस्तीसरह बनेको बताउनुभयो । यसैबीच पुल भाँच्चिएपछि लार्चा र तातोपानी आउजाउ गर्न ५ घण्टा पैदल हिँड्नुपर्ने भएको छ । स्थानीय बासिन्दालाई हिँडेर आउजाउ गर्नुको विकल्प छैन ।
दुगुना भीर हुँदै हिँड्नु पहिरोको जोखिम झनै बढी भएको स्थानीयबासी बताउँछन् । केही समयका लागि घिर्लिङ प्रयोग गरेर तुइनको व्यवस्था मिलाउने र बेलिब्रिज जडान गर्ने प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर शिलवालले जानकारी दिनुभयो । लार्चा पुल भाँच्चिएपछि हालिएको स्टिल पुल भाँच्चिएपछि फेरि तुइन हालेर आउजाउ सुरु गरिएको छ । तातोपानी नाका जोड्ने पुल भास्सिएको स्थानमा अस्थायी पुल एक्कासी भाँच्चिएपछि तत्कालै तुइन हालिएको हो । लार्चा्स्थित तातोपानी नाका जोड्ने पुल भाच्चिएपछि पारी नै रहेका बासिन्दा पाँच घण्टा पैदल हिँडेर लार्चा वारी आउने गरेका थिए ।
सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीकाअनुसार स्टिलको पुल भाच्चिएर लच्कीएपछि तुइन प्रयोगमा ल्याइएको बताउनुभएको छ । स्थानीयका अनुसार बेलब्रिज हाल्न सहज नभएको बताएका छन । पुलको दुवैको भागको छेउ भिरमुनी भएकाले पहिरोको जोखिम बढेको छ । खसेको पुलको भुभागले नदी बगिरहेको स्थानलाई साँघुरो बनाएको छ । यसले बाढीको जोखिम झनै बढाएको छ ।

4565
Shares

ट्रेन्डिङ