सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • आगोलागी अपडेट :- दिनभर सेना सहित निभाउदा समेत् आगोलागी अझै नियन्त्रण बाहिर

आगोलागी अपडेट :- दिनभर सेना सहित निभाउदा समेत् आगोलागी अझै नियन्त्रण बाहिर

915
Shares
आगोलागी अपडेट :- दिनभर सेना सहित निभाउदा समेत् आगोलागी अझै नियन्त्रण बाहिर

काभ्रे :- जिल्लाको बेथानचोक गाउँपालिका- ३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा गएराती देखि आगो नियन्त्रणमा आउँ सकेको छैन। गएराति ११ बजेदेखि उक्त वनमा डढेलो लागेको च्याम्राङबेशी प्रहरी र स्थानीयले जनाएका हुन।

रातिको समयमा डढेलो लागेको कारण तत्कालै सम्भव नभएपछि बिहानबाट नियन्त्रणको प्रयास गरिएकोमा स्थानीयको साहायताले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले अग्नि रेखा मार्फत बस्ती तर्फ आउन रोक लगाए छ। भने बनका सुकेका रुखका ठुट्टाहरुमा लागेको आगो भने अझै नियन्त्रणमा आउन नसकेको जानकारी प्रहरी चौकी च्याम्राङबेशी ढुंखर्कका इन्चार्ज रमेश शाह कानुले जानकारी दिनु भयो।

बेथानचोक गाउँपालिका- ३ का वडाअध्यक्ष कुबेर ढकाल सहित स्थानीय सेना प्रहरी सहित सशस्त्र प्रहरीको दिनभरको प्रयास पश्चात पनि बस्त्री तर्फ अग्नि रेखा कोरी संगै आगोलागी महाभारत पर्वत तर्फ भने फैलदै गएको स्थानीय पर्यटन व्यावसायी कमल नेपालले बताउनुभयो।

सो संगै दिन भरको प्रयास पश्चात पनि आगो नियन्त्रणमा नआउदै आगो निभाउन गएको सेना र सशस्त्र प्रहरीको टोली भने फर्किएको छ। बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमाना क्षेत्र थाम लेखबाट लागेको आगो पनि गत मागमा ६ दिन पछि हेलिकप्टर समेत प्रयोग गरी निभाईएको थियो।

915
Shares

ट्रेन्डिङ