सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • मकैबारीमा भेटियो महिलाको शव

मकैबारीमा भेटियो महिलाको शव

5775
Shares
मकैबारीमा भेटियो महिलाको शव

बनेपा: काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोला नजिकै मकैबारीमा मंगलबार दिउँसो एक महिलाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्र्रेका अनुसार बेवारिसे अवस्थामा मकैबारीमा रहेको शव स्थानीको सूचनाको आधारमा फेला पारेको हो।
अन्दाजी ४०/४५ बर्षकी उक्त महिलाको परिचय र ठेगाना भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भक्त श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको हत्या भएको हुनसक्ने बताए। ‘हत्या वा आत्महत्या पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ।’मंगलबार बिहान स्थानीले मकैबारीमा शब देखेपछि प्रहरीलाई खवर गरेका थिए। मृतक महिलाको शव नजिकै फुटेका चुरा, गम्सा, पटुका फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।अनपूर्ण बाट

5775
Shares

ट्रेन्डिङ