सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

420
Shares
चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरि मनसुनको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति मधेश प्रदेशको साथै कोशी प्रदेश, बागमती प्रदेशका तराई र पहाडी भू-भागका साथै गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

420
Shares

ट्रेन्डिङ