सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रेखाले गरिन 'रत्ना'को घोषणा

रेखाले गरिन 'रत्ना'को घोषणा

3295
Shares
रेखाले गरिन 'रत्ना'को घोषणा

दुई साता अघि रिलिज भएको ‘रूद्रप्रिया’बाट अभिनयका लागि तारिफ बटुलेकी अभिनेत्री रेखा थापाले नयाँ फिल्मको घोषणा गरेकी छन्। उनको आगामी फिल्मको नाम ‘रत्ना’ राखिएको छ। फिल्म आगामी दशैमा रिलिज गर्ने तयारी रहेको छ।
दरबारिया युवतीको प्रेमकथा रहने फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन्। श्रेष्ठलाई रेखाले ‘कसले चोर्यो मेरो मन’बाट निर्देशकिय डेब्यू गरेका थिए। बिग बजेटमा निर्माण हुने फिल्मबाट सकेसमम नयाँ नायकलाई डेब्यू गरिने चर्चा रहेको छ।
फिल्मका निर्देशक श्रेष्ठले छिट्टै छायाँकन मिति सार्वजनिक गरिने जानकारी दिएका छन्। हाल फिल्मको प्रिप्रोडक्सनको काम चलिरहेको छ। निर्देशक श्रेष्ठले फिल्मको मेकिङ ‘कसले चोर्यो मेरो मन’ भन्दा भब्य हुने बताएका छन्।-नेपाल लाईभ बाट

3295
Shares

ट्रेन्डिङ