सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चाडवाडको नाममा जुवा, तास खेल्ने र अपराधिक गतिविधी गर्नेलाई छोडिन्न

चाडवाडको नाममा जुवा, तास खेल्ने र अपराधिक गतिविधी गर्नेलाई छोडिन्न

5795
Shares
चाडवाडको नाममा जुवा, तास खेल्ने र अपराधिक गतिविधी गर्नेलाई छोडिन्न

असोज ९, काभ्रे । प्रहरी प्रशासनलाई नेतादेखि मन्त्रीको फोन त आउँछन तर म कसैको दबाब र प्रभावमा पर्दिन । जिल्लाको हकमा अहिलेसम्म त्यस्तो दबाब र प्रभावमा परेको छैन । बरु मेरो जागिरको बलतब हुदैन । दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्बाही गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय के कस्ता कार्यमा ब्यस्त रहेको छ ? यति बेला जिल्ला प्रहरी कार्यालय खास गरी हिन्दुहरुको महान चाड बडा दशै नजिकिदै गर्दा सबै ब्यस्त रहेको बेला हुने लुटपाट चोरी लगायतका हुन सक्ने सम्भावना रहेको अवस्थामा हामी यति बेला कसरी प्रहरी परिचालन गर्ने र शान्ति सुरक्षा कायम गर्ने भन्ने तिर नै हामी ब्यस्त रहेका छौं । चाडवाडमा हुने सक्ने सम्पूर्ण गतिविधिलाई नियाँल्दै नयाँ सुरक्षा रणनिति बनाएर आम समूदायलाई शान्ति सुरक्षा दिन तिर जिल्ला प्रहरी कार्यलय लागेको छ ।

चाड पर्वलाई मध्यनजर गरी के कस्ता योजना बनाउँनु भएको छ यहाँले ?आसन्न महान चाड  बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा यस जिल्लामा हुन सक्ने चोरी, लुटपाट, डकैती, तस्करी, कालो बजारी, जुवातास खेल्ने खेलाउने, अवैध मदिरा ओसार पसार, बिक्री बितरण, सवारी दुर्घटना लगायत अन्य अपराधिक घटनाहरु हुन सक्ने सम्भावनालाई मध्य नजर राखी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट तयार पारिएको बिशेष सुरक्षा योजना २०७४ सार्वजनिक गरिसकेका  छौँ । त्यहि योजना अनुरुप शान्ति सुरक्षामा विशेष जोड ृदएका छौं ।

विशेष गरी दशै तिहारमा जुवा तास बढि खेल्ने गरिन्छ के छ यसलाई न्यूनिकरण गर्ने योजना ?
विशेष गरी दशै तिहारमा चाडलाई रमाइलोसँग मनाउन आम जनसमूदाय व्यस्त रहने हुनाले भएकोले चोरी हुन सक्ने सम्भावना बढी हुन सक्छ । त्यसबाट आम जनसमूदायलाई  जोगाउनका लागि सुरक्षा व्यवस्था पनि कडाई गरेका छौँ । शान्ति सुरक्षा नै प्रमुख कुरा मानेर यसैमा केन्द्रित भई योजनाहरु बनाएक छौं । चाडपर्वमा विशेष गरि सबै जसोले जुवा तास खेल्ने र मदिरा सेवन गरी मनाउने गरिन्छ । यसले विकृति ल्याउँछ चाडपर्वको नाममा यसलाई नियन्त्रणमा ल्याउनको लागि प्रहरी चेकपोष्ट र ठाउँ ठाउँमा प्रहरी प्रशासन परिचालन गरेका छौँ । यसको लागि प्रहरीलाई सबैको साथ र सहयोग चाहिन्छ । म त्यसको लागि जिल्लाबासीहरुलाई हार्दिक निवेदन गर्न चाहन्छु । सबै ठाउँमा प्रहरी पुगेता पनि लुकीछिपी तास जुवा खेल्ने र मदिरा सेवन गरी होहल्ला मचाउने खालको गतिविधिहरु भयो भने त्यसलाई न्यूनिकरण र नियन्त्रण गर्ने हाम्रो प्रयास जारी रहनेछ ।

प्रहरीकै मिलेमत्तोमा जुवातास खेलाउने गरिन्छ भन्ने आम जनगुनासो छ नी, के त्यस्ता प्रहरीलाई कानुनको दायरामा ल्याउनु हुन्छ ?
दशै र तिहारलाई मध्यनजर गरि नियन्त्रणको लागि हामीले विशेष टोली बनाई सकेकाछौँ । खटाउने तयारीमा लागि परिरहेका छौँ । काम गर्दै जाने क्रममा जनताले गर्ने गुनासो आउनु स्वभाविक हो । प्रहरीलाई खबर गर्नुस् त्यसलाई नियन्त्रण गर्ने र कारवाही गर्ने जिम्मा मेरो हो । यदि प्रहरीले सेटिङ मिलाएर खेलाउने गरेको पाएमा तुरुन्त खबर गर्नु म ठाउँको ठाउँ कारवाही गर्नेछु । यसका लागि सबै दिदिबहिनी दाजु भाइहरुलाई हार्दिक अपिल गर्दछु ।
जुवा तास खेल्ने खेलाउने र अपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिलाई पक्राउ पछि राजनीतिक दबाबमा प्रहरी प्रशासनले छोड्ने गरिन्छ नि ?
प्रहरी प्रशासनलाई नेतादेखि मन्त्री सम्मको फोन त आउँछन् तर म कसैको दबाब र प्रभावमा पर्दिन । जिल्लाको हकमा अहिलेसम्म त्यस्तो दबाब र प्रभावमा परेको छैन । बरु मेरो जागिरको मलतब हुँदैन । दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिनेछ । कसैको भनसुन चल्दैन ।
जिल्लाका कुन कुन स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ?

विशेष गरी जिल्ला प्रहरी कार्यालयले बिपि राजमार्ग तथा सहायकमार्ग सुरक्षा लगायत अन्य अपराधिक घटना हुने स्थानहरु    साँगाचोक, उग्रतारा जनागाल, बनेपा पुल बजार, तिनदोवाटो चोक, चारदोवाटो चोक, गोदामचोक, बुडोल चोक, बनेपा बसपार्क, बस टिकट काउण्टर, पनौती बसपार्क, बस टिकट काउण्टर, धनेश्वर चोक पनौती, धुलिखेल २८ किलो, बाँसघारी, भकुण्डे चोक धुलिखेल, हस्पिटल चोक, खावा बजार, तामाघाट, जिरो किलो, दोलालघाट पुल पारी, भकूण्डे बजार, कटुन्जे बजार, मंगलटार बजार, नार्के बजार, हिगुवापटी बजार , देउपुर बजार, नाला बजार, कुशादेवी बजार , खोपासी बजारमा संयुक्त मा.प.से. चेकिङ्ग लोकमार्ग नाका तथा भित्री एरियाहरु साँगाचोक, बनेपा पुलबजार, गोदामचोक,चारदोवाटो चोक, २८ किलो  धुलिखेल, धुलिखेल भकुण्डेचोक, पाँचखाल, दोलालघाट, काभ्रेभन्ज्याङ, भकुण्डेबेशी, कटुन्जेबेशी, मंगलटार, पनौती बसपार्क, धनेश्वरचोक पनौती, खोपासी, कुशादेवी, नाला, खावा, हिगुवापाटी, देउपुर सिपाघाट पुल ।

ग्रामिण गस्ती    कात्तिकेदेउराली, मंगलटार, चौवास,फलाटे, पचुवारघाट, तिमालबेशी, कानपुर, खहरेपाँगु, श्यामपाटी, ढुङखर्क, गोकुले, फलामेटार, फोक्सिङटार, तालढुङ्गा । पैदल  गस्ती    धुलिखेल बजार, बनेपा बजार, पनौती बजार, पलाञ्चोक बजार, पाँचखाल बजार, भकुण्डेबेशी बजार, बालुवा बजार,  कुशादेवी बजार, खोपासी बजार, नाला बजार, देउपुर बजार, हिगुवापाटी बजार, दोलालघाट बजार, साँगा बजार । गाडी मोवाईल    , ई.प्र.का.बनेपा, साँगा गेट देखि  २८ किलो सम्म ।

कुन मातहत कुन एरियासम्म ?

१. ई.प्र.का. बनेपाः बनेपा देखि नाला सम्म र मातहत एरिया
२. जि.प्र.का.काभ्रेः २८ किलो देखि पाँचखाल सम्म ।
३. जि.प्र.का.काभ्रेः धुलिखेल देखि  काभ्रेभन्ज्याङ सम्म ।
४. प्र.चौ.भकुण्डेबेशीः काभ्रे भन्ज्याङ देखि कटुन्जेवेशी सम्म ।
५. ई.प्र.का.मंगलटारः कटुन्जेबेशी देखि नेपालथोक सम्म ।
६. ई.प्र.का. कात्तिकेदेउरालीः आफ्नो मातहत एरिया तथा दोलालघाट सम्म ।
७. प्र.चौ. पाँचखालः पाँचखाल देखि दोलालघाट बन्देउ सम्म ।
८. प्र.चौ.पनौतीः पनौती मातहत एरिया तथा बनेपा गोदामचोक सम्म ।
९    जि.ट्रा.प्र.का. बनेपाः नगर क्षेत्र, बसपार्क हाईवे, प्रमुख शहरहरुमा पार्किङ व्यवस्थापन तथा सवारी नियन्त्रण गर्ने ।
१०.    मो.सा. मोवाईल, धुलिखेल, बनेपा, पनौती, साँगा, नाला, कुशादेवी, खोपासी, दोलालघाट, पलाञ्चोक बजार, भकुण्डे, हिगुवापाटी, देउपुर, खहरेपाँगु, श्यामपाटी, मंगलटार, काभ्रेभन्ज्याङ आ–आफ्नो मातहत एरिया गस्ती गर्ने र जि.ट्रा.प्र.का. बनेपाले ट्राफिक नियन्त्रण गर्ने ।
११.    प्रमुख धार्मिक स्थल सुरक्षाः पलाञ्चोक भगवती मन्दिर साठीघर, माता चण्डेश्वरी मन्दिर बनेपा, नाला भगवती मन्दिर नाला लगायत अन्य आ–आफ्नो मातहतको वडा एरियाहरुमा मेला पर्व लाग्ने धार्मिक स्थलहरुमा २४ घण्टे सुरक्षा व्यवस्था मिलाउने ।
१२. सादा पोशाकः सुचना संकलन     (आर्थिक कारोवार हुने बित्तिय संघ संस्था, सुपर मार्केट, व्यापारिक केन्द्र , प्रमुख शहर, सपिङ पहल, मनोरन्जन स्थल, सिनेमा हाल, बसपार्क टिकट काउण्टर  लगायत अन्य अपराधिक घटना हुन सक्ने संभावित स्थानहरुमा) ।
कहाँ कहाँ छन् प्रहरी चेक पोष्ट ?
२४ घण्टा यात्रुहरुको सुरक्षाको लागी निम्न स्थानहरुमा यात्रु सहायता कक्षको स्थापना ।
१.    धुलिखेल चेकपोष्ट काभ्रे ।
२.    बनेपा बसपार्क काभ्रे  ।
३.    पनौती बसपार्क काभ्रे  ।
४.    पाँचखाल चेकपोष्ट काभ्रे ।
५.    भकुण्डेबेशी चेकपोष्ट काभ्रे  ।

गन्तव्यमा पुग्न सास्ती खेप्नु पर्दैन यात्रुहरुले ?
नेपालीहरुको महान चाड दशै र तिहारको अवसरमा जिल्लाका विभिन्न ठाउँमा समिति अन्र्तगत सञ्चालन गर्ने यातायात व्यवसायीहरुसँग पनि छलफल गरेका छौँ । दशैमा घर फर्किनेहरुका लागि सहज गर्ने उदेश्यले बस संचालक समिति अन्तर्गत संचालित सवारी साधनबाट आवतजावत गर्ने यात्रुहरुले गाडिको अभावमा सास्ति खेप्नु नपर्ने गरी छलफल अगाडी बढाएका छौँ ।  आवश्यकता अनुसार जुनसुकै रुटमा जति पनि बस उपलब्ध गराउन बचनबद्धता दिएकाले सहजै यात्रा गर्न सकिने छ । नारायणघाट मुगलिन सडक खण्डमा पहिरो गएकाले छोटो राजमार्गको रुपमा बिपि राजमार्गलाई लिने गरिन्छ ।

दैनिक यात्रुको संख्या बढ्दै छ । बिभिन्न जिल्ला, जाने गरिन्छ सोही राजमार्ग भएर ।  दशैको बेला अघि पछि जस्तो क्यु अर्थात् आलो – पालो प्रणालीमा नभई स्वेच्छाले यात्रुको चाप हेरि एक तर्फी यात्रु बोक्ने सुविधा प्रदान गरि दिन यातायात व्यवसायसँग विशेष छलफल भएको छ । यस क्षेत्रमा सार्बजनिक यात्रुबाहक सवारीको सँख्या पर्याप्त रहेकाले अघिल्ला बर्षहरुमा जस्तो बसको छतमा बसेर असुरक्षित यात्रा गर्न नपर्ने समितिहरुसँग सहमति र छलफल भएको छ ।

-काभ्रे सन्देश साप्ताहिकमा प्रकासित

5795
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर