सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यस्तो अनुहार भएको पुरुष मन पर्छ महिलाहरूलाई

यस्तो अनुहार भएको पुरुष मन पर्छ महिलाहरूलाई

3175
Shares
यस्तो अनुहार भएको पुरुष मन पर्छ महिलाहरूलाई

आकर्षण धेरै कुराहरूमा निर्भर रहन्छ । यसमा सुन्दरता, स्मार्टनेस, उचाइँ, आवाज, बानी, व्यवहार, प्रकृति, गुण जस्ता कुराहरू समावेश हुन्छन् । कसैप्रति आकर्षित हुनुका पछाडि जैविक कारण हुन्छ । वैत्रज्ञानिकहरूले पुरुषको एक किसिमको अनुहार महिलाहरूलाई सबभन्दा बढी आकर्षक लाग्ने कुरा पत्ता लगाएका छन् ।

साइकोलोजिकल साइन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार महिलाहरूलाई चौडा अनुहार भएको पुरुष बढी मन पर्छ र उनीहरू त्यस्तो पुरुषसँग फेरि फेरि भेट गर्न चाहन्छन् । तर उनीहरूले लामो समयसम्म साथ रहन वा बिहे गर्नका लागि यस्ता पुरुषलाई मन पराउने होइनन् । चौडा अनुहार भएका पुरुषलाई उनीहरू छोटो समय चल्ने सम्बन्धका लागि मन पराउँछन् ।

सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीकी मनोविज्ञान प्राध्यापक क्याथरिन भ्यालेन्टाइनले यो अध्ययन टोलीको नेतृत्व गरेकी हुन् । उनी भन्छिन्, ‘हामीले वास्तविक जीवनको अध्ययन गर्दा के पायौं भने जम्मा तीन मिनेटको भेटघाटमा महिलाहरूले चौडा अनुहार भएका पुरुषलाई बढी आकर्षक माने र उससँग डेटमा जान चाहे ।’

महत्त्वपूर्ण कुरा त, पहिला भएका अध्ययनहरूमा चौडा अनुहार भएका पुरुष बढी जिद्दी, डोमिनेटिङ र रिसाहा हुन्छन् । आमनेसामने लडाईं पर्दा उनीहरूले जित्ने सम्भावना बढी हुन्छ ।

विशेषज्ञहरूका अनुसार छोटो समयको सम्बन्धमा प्रेम र भावनाभन्दा शरीरसुखले बढी महत्त्व राख्छ । चौडा अनुहार भएका मानिसमा आक्रामकता र बलियोपन देखिने भएकाले महिलाहरू यस्तो अनुहारलाई आकर्षक वा पुरुषत्वले भरिएको ठान्छन् । यस्ता अनुहार भएका पुरुषमा टेस्टोस्टेरोन नामक हार्मोन अलि बढी हुन्छ ।
-एजेन्सी

3175
Shares

ट्रेन्डिङ