सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • जिसस काभ्रेले पीसीआर मेसिन खरिद गर्ने, शव वाहनका लागि मुख्यमन्त्रीलाई पत्र

जिसस काभ्रेले पीसीआर मेसिन खरिद गर्ने, शव वाहनका लागि मुख्यमन्त्रीलाई पत्र

7150
Shares
जिसस काभ्रेले पीसीआर मेसिन खरिद गर्ने, शव वाहनका लागि मुख्यमन्त्रीलाई पत्र

कभ्रे: जिल्ला समन्वय समिति काभ्रेले पीसीआर मेसिन खरिद गर्ने भएको छ । आज बसेको जिससको बोर्ड बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रेम लामाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिसँग सांसदहरुको विकास योजनाको कन्टेन्जेन्सी बापतको १४ लाख रहेको र अपुग पैसा प्रदेश सरकार मार्फत ब्यबस्था गर्ने गरी मुख्य मन्त्रीको कार्यालयलाई पत्र पठाइएको प्रवक्ता लामाले बताउनुभयो । त्यस्तै पीसीआर मेसिन खरिदका लागि अनुमति समेत मागिएको छ ।

जिल्लामा दुईवटा पीसीआर प्रयोगशाला छ । स्वाब धेरै ठाउँबाट आउदा रिपोर्ट पाउन एकहप्तासम्म कुर्नुपर्ने अवस्था । जिससले पीसीआर मेसिन धुलिखेल अस्पताललाई दिने निर्णय समेत गरेको छ ।

जिससको बोर्ड बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापन गर्न शव वाहनको जतिसक्दो छिटो उपलब्ध गराइदिन मुख्य मन्त्रीको कार्यालयलाई पत्र पठाएको छ । जिल्लामा अहिले एउटा मात्रै शव वाहन छ ।

7150
Shares

ट्रेन्डिङ