सबैको समाचार
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • भकुण्डे नामाकरणको किम्बदन्ती सङ्ग जोडिएको भैरवकुण्डबाट कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा सम्पन्न्न

भकुण्डे नामाकरणको किम्बदन्ती सङ्ग जोडिएको भैरवकुण्डबाट कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा सम्पन्न्न

285
Shares
भकुण्डे नामाकरणको किम्बदन्ती सङ्ग जोडिएको भैरवकुण्डबाट कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा सम्पन्न्न

काभ्रेपलाञ्चोक :- भकुन्डेबेसीको नामाकरण संङ्ग इतिहास जोडिएको भैरबकुण्ड देखि कुसेस्वर महादेव मन्दिर सम्म कलश यात्रा सम्पन्न भएको छ। नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको हो ।

भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को कार्यालय र नगर पालिकले नै उक्त तिर्थाटनका लागी बजेट बयावास्थापन लगायत अन्य सहजीकरण गर्दै व्यक्ति तथा संघसंस्थाको सहयोगमा कलश यात्रा गर्दै भैरवकुण्डबाट लगिएको जल नौबिसे स्थित जगबैजेश्वर महादेव र कुशेश्वर महादेवलाई सेचन गरिएको हो । स्थानीयका अनुसार, पहिला १८ हल गोरु, हली, १०० जना लाठे, रोपार यहाँ बाट प्रबेश गरेर सिन्धुलीको गजुली दहबाट निस्केको किम्वदन्ती छ ।

२०६६ सालमा भकुण्डेवेशीमा खडेरी परेर पानी नपरेपछि भ्यागुताको विहे गर्ने सल्लाह भएर भैरवकुण्डबाट जन्ती निकालेर पाट्ने पोखरीमा बेहुलीको घर बनाई अन्माएर भैवकुण्डमा नै आएको एक घण्टामा पानी परेको र सिंचाइको लागि सहज भएको थियो । भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलका अनुसार, पहिला भैरवकुण्ड रहेको स्थानमा मानिसहरु जान डराउँथे । नागको बास भएकोले त्यस कुण्डमा मान्छे तान्छ भन्ने विश्वास थियो । स्थानीयले अहिले सो स्थानको संरक्षण गरि कुण्डका साथै मन्दिर सत्तल लगायतका पूर्वाधार निर्माण गरेका छन् ।

कलश यात्रा अधिको आयोजित कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, नेपालि काग्रेसका केन्दीय सदस्य एवं पुर्व संसद शिब प्र हुमागाई , विस्व हिन्दु महासंघका पदाधिकारी वडा अधक्क्षहरु लगाएतले भक्तजनहरुलाई शुभकामना प्रकट गर्दै भैरब कुण्डको महिमाको प्रचारप्रसार गर्नु आवस्यक रहेको बताउनु भएको थियो।

कलश यात्रामा जानेलाई निशुल्क सवारी साधनको व्यवस्थापन गरिएको थियो। आयोजकका अनुसार १५ वटा बसमा ७ सय भन्दा बडी भक्तजन हरुको यात्रामा सहभागिता रहेको थियो।

285
Shares

ट्रेन्डिङ